एमालेको ११औँ महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौँ, २३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनका लागि १६ वटा राजनीतिक दलहरूलाई निमन्त्रणा पठाएको छ।

महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिनुभएअनुसार, संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरू र कम्युनिष्ट पृष्ठभूमिका विभिन्न दलहरूलाई अतिथिका रूपमा बोलाइएको हो। निमन्त्रणा गरिएका दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी लगायतका दलहरू छन्।

अतिथि सत्कार समितिका सदस्य सुनिता बरालले कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर निमन्त्रणा पत्र हस्तान्तरण गरिसकिएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल उपत्यका बाहिर रहेकाले उहाँलाई भेटेर निमन्त्रणा दिन बाँकी रहेको पनि उहाँले जानकारी दिनुभयो।

एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरस्थित सल्लाघारीमा हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *