स्टप मोसन एनिमेसन

युक्रेनी फिल्म निर्माताद्वारा काठमाडौँमा दुई दिने ‘स्टप मोसन एनिमेसन’ कार्यशाला हुँदै

काठमाडौँ,  पुस १  । युक्रेनी फिल्म निर्माता पोलिना पिड्दुब्नाको मुख्य प्रशिक्षणमा काठमाडौँमा दुई दिने ‘स्टप मोसन’ एनिमेसन कार्यशाला आयोजना हुने भएको छ । एनिमेसन भिडियो निर्माण गर्ने कला सिकाउने र त्यसका माध्यमबाट मानवीय संवेदनाहरूलाई पर्दामा उतार्ने उद्देश्यले यो कार्यशाला आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार उक्त कार्यशाला यही पुस १२ र १३ गते जोरपाटीस्थित तारागाउँ म्युजियममा सञ्चालन हुनेछ । 

कार्यशालामा पोलिनाले प्रशिक्षण गर्नुहुनेछ । कार्यशालाका क्रममा पोलिनाद्वारा निर्देशित तथा कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको फिल्म ‘माइ ग्रान्डमदर इज अ स्काइडाइभर’ प्रदर्शन गरिनेछ ।

कार्यशालामा सिकेका सीप प्रयोग गरेर सहभागीहरूले तयार पारेका एनिमेसन सिर्जनाहरू पुस १९ गते प्रदर्शन गरिने जनाइएको छ ।