बैतडीमा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु
बैतडी, २१ माघ । बैतडीमा भिरबाट लडेर ड्युटीमा रहेका एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्द रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार सदरमुकामस्थित सुन्दरखाली मैदानमा सञ्चालन भइरहेको तालिम सकेर घर फर्कने क्रममा चन्दको भिरबाट लडेर ज्यान गएको हो ।
आज बिहान घर जाने क्रममा दशरथचन्द नगरपालिकाकै खरकटे सल्लेरी भन्ने स्थानमा उनी भिरबाट लडेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।