बैतडी बस दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, मृतक १२ जनाको पहिचान खुल्यो (नामावलीसहित)

बैतडी, २३ माघ । बैतडीको पुर्चौडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । जन्ती बोकेर हिँडेको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र अन्य ५ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ स्थित बडगाउँ मोडमा दुर्घटनामा परेको थियो ।

मृतकहरूको विवरण (सनाखत भएका):
बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार ज्यान गुमाउनेहरूमा अधिकांश बझाङ जिल्लाका रहेका छन् ।

घटनास्थलमा मृत्यु हुनेहरू:
१. केशवराज जोशी (४० वर्ष) – बित्थडचिर–७, बझाङ
२. अशोकराज जोशी (१३ वर्ष) – बित्थडचिर–७, बझाङ
३. वसन्त जोशी (३५ वर्ष) – बित्थडचिर–७, बझाङ
४. विसनदत्त जोशी (४१ वर्ष) – बित्थडचिर–७, बझाङ
५. मोहनदेव भट्ट (६० वर्ष) – केदारस्यु गाउँपालिका, बझाङ
६. वसन्तराज रतला (४० वर्ष) – जयपृथ्वी नगरपालिका, बझाङ
७. पुष्पा अवस्थी (४० वर्ष) – पुर्चौडी–७, बैतडी
८. (एक जना पुरुष, सनाखत हुन बाँकी)
उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु हुनेहरू:
९. विसनदत्त जोशी (१७ वर्ष) – बित्थडचिर–७, बझाङ
१०. दीपकराज जोशी (२८ वर्ष) – बित्थडचिर–७, बझाङ
११. किसनदत्त जोशी (४६ वर्ष) – बित्थडचिर–७, बझाङ
१२. केशवराज भट्ट (२७ वर्ष) – केदारस्यु–७, बस्सी, बझाङ
१३. सुशील जोशी (१५ वर्ष) – पुर्चौडी–७, बैतडी

दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । उनीहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ओरालो र साँघुरो घुम्तीमा बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।