काठमाडौँका यी क्षेत्रमा आज घण्टौँ बिजुली काटिँदै : यस्तो छ बानेश्वर र महाराजगञ्ज वितरण केन्द्रको तालिका

काठमाडौँ, ९ फागुन । नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भार तथा प्रणाली सुदृढीकरणका लागि आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणको बानेश्वर र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा आज बिजुली कटौती हुनेछ।

बानेश्वर वितरण केन्द्र (सिनामङ्गल–तिलगङ्गा क्षेत्र):
तिलगङ्गा आँखा अस्पताल अगाडि पोल ढल्केकाले ११ केभी प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले निम्न समयमा बिजुली काटिनेछ:
बिहान ११:०० देखि दिउँसो १२:३० सम्म: तिलगङ्गा, प्रकाश सन्यास आश्रम, शम्भुमार्ग, गौशाला र विमानस्थल आसपासका क्षेत्र।

दिउँसो १:०० देखि २:३० सम्म: तिनकुने, गैरीगाउँ, सिनामङ्गल र विमानस्थल अन्तर्गतका सबै क्षेत्र।
महाराजगञ्ज वितरण केन्द्र (बालुवाटार–चण्डोल क्षेत्र):
मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत तार भूमिगत गर्ने कार्यका लागि निम्न क्षेत्रमा बिजुली काटिनेछ:
बिहान १०:०० देखि दिउँसो ३:०० सम्म: बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग र प्रधानमन्त्री निवास आसपासका क्षेत्र।
बिहान १०:०० देखि दिउँसो २:०० सम्म: हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर र धापासी क्षेत्र।
दिउँसो १२:०० देखि २:०० सम्म: वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिर आसपासका क्षेत्र।

प्राधिकरणले तोकिएको समय अगावै कार्य सम्पन्न भएमा निर्धारित समयभन्दा पहिल्यै बिजुली आपूर्ति सुचारु हुन सक्ने जनाएको छ। विद्युत् कटौतीबाट ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।