पितृशोकमा रहेका एमाले अध्यक्ष ओलीलाई समवेदना दिन राष्ट्रपति पौडेल गुन्डुमा

काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ।

पितृशोकमा रहेका अध्यक्ष ओलीलाई सान्त्वना दिन राष्ट्रपति पौडेल शनिबार (आज) भक्तपुरको गुन्डुस्थित ओली निवास पुग्नुभएको हो। भेटका क्रममा राष्ट्रपति पौडेलले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभयो।

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *