डलर र युरोकाे यस्तो छ आजको विनिमय दर, कतिमा भयाे काराेबार ?
काठमाडौँ, २८ असार । नेपाल राष्ट्र बैंकले साताको पहिलो कारोबार दिन आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरसहित अधिकांश प्रमुख मुद्राहरूको विनिमय दरमा अघिल्लो दिनको तुलनामा खासै ठुलो उतारचढाव देखिएको छैन।
राष्ट्र बैंकले निर्धारण गरेको पछिल्लो विवरण अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा कायम भएको छ।
युरोपेली साझा मुद्रा युरो १ को खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा तोकिएको छ। बेलायती मुद्रा पाउण्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा पुगेको छ। यस्तै, स्विस फ्र्याङ्क १ को बिक्रीदर १८९ रुपैयाँ ३८ पैसा कायम भएको छ।
अष्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०६ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा रहँदा चिनियाँ युआन १ को बिक्रीदर २२ रुपैयाँ ५५ पैसा कायम भएको छ।
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेका खाडी मुलुक र मलेसियाको विनिमय दर निम्न बमोजिम रहेको छ:
कुवेती दिनार: १ को खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा
बहराइन दिनार: १ को खरिददर ४०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा।
ओमनी रियाल: १ को बिक्रीदर ३९६ रुपैयाँ ९४ पैसा।
कतारी रियाल: १ को बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा।
साउदी रियाल: १ को बिक्रीदर ४० रुपैयाँ ७१ पैसा।
युएई दिराम: १ को बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा।
मलेसियन रिङ्गेट: १ को खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ। नेपाल राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने प्रावधान रहेको छ।