सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी पनि महङ्गियाे

काठमाडौँ, ७ साउन । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। हिजो बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ३०० र चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९१ हजार ३०० तोकिएको छ। यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ५०५ निर्धारण गरिएको छ।

हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार र चाँदी प्रतितोला रु चार हजार ४८० मा कारोबार भएको थियो। त्यसैगरी, गत मंगलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार ६०० र चाँदी प्रतितोला रु चार हजार ३७० मा खरिदबिक्री भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *