सुनको मूल्य एकैदिन तोलामा ५,८०० र चाँदी १५५ रुपैयाँले सस्तियाे

काठमाडौँ, ८ साउन । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। हिजो बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु पाँच हजार ८०० र चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८५ हजार ५०० तोकिएको छ। यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ३५० निर्धारण गरिएको छ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ३०० र चाँदी प्रतितोला रु चार हजार ५०५ मा कारोबार भएको थियो।
त्यस्तै, गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार र चाँदी प्रतितोला रु चार हजार ४८० मा कारोबार भएको थियो भने मङ्गलबार सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र चाँदी रु चार हजार ३७० रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ४५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *