सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ, १० साउन । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला रु एक हजार ६०० र चाँदीको मूल्य प्रतितोला रु ६० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८७ हजार १०० निर्धारण गरिएको छ। यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ४१० तोकिएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार ५०० र चाँदी प्रतितोला रु चार हजार ३५० मा कारोबार भएको थियो। त्यसैगरी, गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ३०० र चाँदी रु चार हजार ५०५ मा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ५२ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५८ अमेरिकी डलरमा कारोबार भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।