सुनचाँदीको मूल्य बढ्याे, ताेलकाे कति पुग्याे ?
काठमाडौँ, ११ साउन । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्ने क्रम सोमबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु १,४०० र चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेको हो।
महासङ्घले आज सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु २,८८,५०० तोकेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला रु २,८७,१०० मा कारोबार भएको थियो। नेपाली बजारमा विगत एक सातादेखि नै सुनको मूल्य निरन्तर बढिरहेको छ। गत साताको सोमबार सुनको भाउ प्रतितोला रु २,८४,६०० रहेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला रु ३५ ले बढेको छ। आइतबार प्रतितोला रु ४,४१० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु ४,४४५ निर्धारण गरिएको छ। गत हप्ताको सोमबार चाँदीको मूल्य प्रतितोला रु ४,३२० रहेको महासङ्घको तथ्याङ्क छ।