सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

काठमाडौँ, १४ साउन । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य सुधार आएको छ भने चाँदीको मूल्य घटेको छ। हिजो बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ८०० ले बढेको छ भने चाँदीको मूल्य प्रतितोला रु १० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार कायम गरिएको छ। यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ३१० तोकिएको छ।

हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र चाँदी प्रतितोला रु चार हजार ३२० मा कारोबार भएको थियो। त्यसैगरी, गत मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र चाँदी रु चार हजार ३१० मा खरिदबिक्री भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *