विदेशी मुद्राको विनिमय दर यस्ताे छ, डलरको बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा
काठमाडौँ, १७ साउन । नेपाल राष्ट्र बैंकले आज साउन १७ गतेका लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तोकेको दर अनुसार आज अमेरिकी डलरको भाउमा सामान्य गिरावट देखिएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा रहेको छ ।
वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिने खाडी मुलुक र अन्य मुद्राहरूको विनिमय दर यस प्रकार छ:
कतारी रियाल: खरिद ४१ रुपैयाँ ८० पैसा, बिक्री ४१ रुपैयाँ ९६ पैसा
साउदी रियाल: खरिद ४० रुपैयाँ ५६ पैसा, बिक्री ४० रुपैयाँ ७२ पैसा
युएई दिराम: खरिद ४१ रुपैयाँ ४७ पैसा, बिक्री ४१ रुपैयाँ ६४ पैसा
मलेसियन रिङ्गेट: खरिद ३७ रुपैयाँ २७ पैसा, बिक्री ३७ रुपैयाँ ४२ पैसा
कुवेती दिनार: खरिद ४९५ रुपैयाँ ०३ पैसा, बिक्री ४९६ रुपैयाँ ९८ पैसा
बहराइन दिनार: खरिद ४०३ रुपैयाँ ९८ पैसा, बिक्री ४०५ रुपैयाँ ५७ पैसा
त्यस्तै अन्य मुद्राहरूकाे विनिमयदर यस्ताे छ
अष्ट्रेलियन डलर: खरिद १०७ रुपैयाँ १६ पैसा, बिक्री १०७ रुपैयाँ ५८ पैसा
जापानी येन (१०): खरिद ९ रुपैयाँ ५२ पैसा, बिक्री ९ रुपैयाँ ५६ पैसा
चिनियाँ युआन: खरिद २२ रुपैयाँ ५६ पैसा, बिक्री २२ रुपैयाँ ६५ पैसा
साउथ कोरियन वन (१००): खरिद १० रुपैयाँ ६० पैसा, बिक्री १० रुपैयाँ ६४ पैसा
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा स्थिर रहेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्ने जनाएको छ ।
