सुनचाँदीको मूल्यमा गिरावट: सुन तोलामा १,२०० र चाँदी ३५ रुपैयाँले घट्यो

काठमाडौँ, २७ साउन । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु १,२०० र चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको हो।

महासङ्घले आज बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख छ हजार ७०० निर्धारण गरेको छ। मङ्गलबार सुन प्रतितोला रु तीन लाख सात हजार ९०० मा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला रु ३५ ले घटेको छ। मङ्गलबार प्रतितोला रु चार हजार ७८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु चार हजार ७४५ तोकिएको महासङ्घले जनाएको छ।