आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ, डलर र पाउन्ड महँगियो

काठमाडौँ, २८ साउन । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र पाउन्ड स्ट्रलिङसहित धेरैजसो विदेशी मुद्राको मूल्यमा केही वृद्धि देखिएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा कायम भएको छ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ११ पैसा तोकिएको छ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य रहेका मुलुकका मुद्राहरूको विनिमय दर निम्न अनुसार छ:
कतार रियाल: खरिद ४१ रुपैयाँ ७६ पैसा, बिक्री ४१ रुपैयाँ ९२ पैसा।
साउदी रियाल: खरिद ४० रुपैयाँ ५५ पैसा, बिक्री ४० रुपैयाँ ७१ पैसा।
युएई दिराम: खरिद ४१ रुपैयाँ ४५ पैसा, बिक्री ४१ रुपैयाँ ६२ पैसा।
मलेसियन रिङ्गेट: खरिद ३७ रुपैयाँ २६ पैसा, बिक्री ३७ रुपैयाँ ४१ पैसा।
कुवेती दिनार: खरिद ४९५ रुपैयाँ ४९ पैसा, बिक्री ४९७ रुपैयाँ ४५ पैसा।

अन्य मुद्राको दर:
अष्ट्रेलियन डलर: खरिद १०७ रुपैयाँ ५५ पैसा, बिक्री १०७ रुपैयाँ ९७ पैसा।
चिनियाँ युआन: खरिद २२ रुपैयाँ ५८ पैसा, बिक्री २२ रुपैयाँ ६७ पैसा।
जापानी येन (१०): खरिद ९ रुपैयाँ ५६ पैसा, बिक्री ९ रुपैयाँ ६० पैसा।
भारतीय रुपैयाँ (१००): खरिद १६० रुपैयाँ, बिक्री १६० रुपैयाँ १५ पैसा।

नेपाल राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।