सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घट्यो

काठमाडौँ, १८ असोज । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सो दिन चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा खरिदबिक्री भएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *