कांग्रेस महाधिवेशन : उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसको १५औँ महाधिवेशन

काठमाडौँ,  असोज २१ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

पार्टीको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार चालिसेले आज उपसभापति पदको उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले मङ्गलबार निर्धारित समयमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

चालिसे नेपाली कांग्रेसका प्रवक्तासमेत हुनुहुन्छ । उहाँको उम्मेदवारी फिर्तासँगै महाधिवेशनको निर्वाचनमा उपसभापति पदका उम्मेदवारको सङ्ख्या घटेको छ ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ । महाधिवेशनअन्तर्गत सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *