दसैँको टीकाकाे दिनदेखि हराएका धनुषाका सात वर्षीय बालक धानखेतमा मृत फेला

जनकपुरधाम, १४ कात्तिक । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाबाट १० दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन् ।

प्रहरीका अनुसार बालकको शव घरबाट करिब अढाई किलोमिटर उत्तरतर्फको धानखेतमा फेला परेको हो । उनी गत कात्तिक ४ गते दसैँको टीकाका दिन घरबाट निस्किएदेखि सम्पर्कविहीन थिए ।

परिवार र प्रहरीले निरन्तर खोजी गरे पनि बालक फेला परेका थिएनन् । प्रहरीले आसपासका गाउँ, पोखरी र झाडी क्षेत्रमा समेत खोजी गरेको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनास्थल पुगेर अनुसन्धान सुरु गर्नुभएको छ । बालकको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *