कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ ।

सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

बैठकमा एमालेबाट पद्मा अर्याल, नेकपाबाट वर्षमान पुन र युवराज दुलाल तथा राप्रपाबाट खुश्बु ओली सहभागी छन् ।

बैठकमा पत्रकार पक्राउ, सञ्चारमाध्यममा प्रहरी परिचालन, सरकारको जवाफदेहिता र विभिन्न घटनाको निष्पक्ष छानबिनलगायत विषयमा छलफल हुने कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताएका छन् ।

कांग्रेसले पत्रकार धरपकड र न्यायालयसम्बन्धी विवाद छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नसमेत माग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *