दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते सुनुवाइ हुने

काठमाडौं, २० कात्तिक । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कात्तिक ३० गतेका लागि पेसी तोकेको छ।

आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबी गर्दै कार्कीले बिहीबार वकिलमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।

सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिटमा कात्तिक ३० गते सुनुवाइका लागि पेसी तोकिएको हो। यसअघि अध्ययनका क्रममा रहेकाले बिहीबार रिट दर्ता हुन नसकेको बताइएको थियो।

सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। तर, कार्कीले मन्त्रिपरिषद्को उक्त निर्णयसम्बन्धी पत्र भने बुझिनसकेको जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *