राष्ट्रपति पौडेल र कोरियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको भेटमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *