लुम्बिनीले टस जितेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै

काठमाडौं, १ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो ।

आजको खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । त्यसका लागि उसले एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

एनपीएलका अघिल्ला दुवै संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो । यसपटक पनि यी दुई टोली उपाधि यात्रामा आमनेसामने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *