एमालेका स्थानीय जनप्रतिनिधिहरूको भेला र अन्तरसंवाद कार्यक्रम आज, अध्यक्ष ओलीले सम्बोधन गर्ने
काठमाडौं, ४ मङ्सिर । नेकपा (एमाले) ले आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गर्दैछ।
एमालेको स्थानीय विकास विभागको आयोजनामा बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
