सरकारले केही उद्योगीलाई मात्रै फाइदा हुने गरी बजेट ल्यायोः मोती दुगड

काठमाडौँ । नेकपा (एमाले)ले सरकारले केही उद्योगीलाई मात्रै फाइदा हुने गरी बजेट ल्याएको आरोप लगाएको छ । पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो ।

विभागका प्रमुख मोतिलाल दुगडले पत्रकार सम्मेलनमा बोल्दै कानुनले अनुमति दिएको क्षेत्रको काम रोकिए सम्वन्धित व्यक्ति र संस्थालाई देशदोही र भ्रष्ट घोषणा गर्ने चेतावनी समेत दिनुभयो । ‘निजी क्षेत्रको काम रोकिएको अवस्थामा कुन–कुन कारणले रोकिएको हो भनेर उद्योगलाई जानकारी गराउनु पर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘नेपालको इतिहासमा नै उद्योगीहरु आन्दोलनमा आएका थिएनन् । तर आगामी वर्षको बजेट आएपछि उद्योगीहरु आन्दोलमा उत्रिनुपर्यो ।’

उहाँले सरकारले उद्योग मैत्री बजेट ल्याउन नसक्दा समस्या भएको आरोप लगाउनु भयो । ‘अर्थमन्त्री र सरकारले नै बजेट गलत आएको स्वीकार्दै त्यसलाई सुधार गरेर अगाडि बढ्ने भनेको थियो,’ दुगडले भन्नुभयो, ‘ तर, त्यस्तो भएन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *