प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्मानित अदालतले प्रतिनिधिसभालाई संवैधानिक निकाय नै नभएको जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

एमालेको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद्सम्बन्धी मुद्दामा अदालतले बेलाबेलामा आफूअनुकूल फैसला गर्दै आएको टिप्पणी गरे । विगतमा प्रतिनिधिसभा विघटनसम्बन्धी अदालतका फैसलाहरू आफूहरूले स्वीकार गर्दै आएको उल्लेख गर्दै उनले अहिले प्रतिनिधिसभासम्बन्धी मुद्दामा भने अदालतले फैसला नगरेको भन्दै प्रश्न उठाए ।

‘प्रतिनिधिसभाको विघटनसम्बन्धी सम्मानित अदालतबाट आफूअनुकूल फैसला भइरहेको देखेकै हो । हामीले स्वीकार्दै आएका हौँ । अहिले सम्मानित प्रतिनिधिसभाको मुद्दा अदालतमा छ । तर अदालतले प्रतिनिधिसभा संवैधानिक होइन जस्तो गरेको छ । कुनै फैसला गर्दैन,’ ओलीले भने ।

उनले प्रतिनिधिसभासम्बन्धी मुद्दामा अदालतले देखाएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै न्यायिक प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *