प्रचण्ड भेट्न हमाल खुमलटार
काठमाडौँ । कलाकार राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न आज प्रचण्ड निवास खुमलटार पुग्नु भएको छ ।
भेटमा हमालले विदेशी चलचित्रका कारण नेपाली चलचित्र उद्योग अप्ठेरो अवस्थामा पुगेकोबारे ध्यानकर्षण गराउनु भएको थियो ।
हमालले एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । यस्तै श्रीलंकामा हाल उत्पन्न भएको संकटका विषयमा पनि कुराकानी भएको थियो ।
जानकारी अनुसार सुरुमा संगीतकार चेतन सापकोटा र प्रचण्डपुत्री गंगा दाहाल पनि भेटवार्तामा सहभागी भए पनि पछि प्रचण्ड र हमालबीच वान टु वान कुराकानी भएको थियो ।
