नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै, यि छन् एजेण्डा
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। एजेण्डा तय गर्न हिजो केन्द्रीय कार्यालयको बैठक बसेको थियो । आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो ।
आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
बैठकमा आगामी निर्वाचनको तयारी,प्रचार कामको व्यवस्थापन, बैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुनेछ ।
