देउवा सरकारमा तीन मन्त्री हटे, तीन थपिए

काठमाडौं । जनता समाजवादी पार्टीका तीन नेता मन्त्री बनेका छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्दै तीन जना नयाँ मन्त्री थप गर्नुभएको हो । उहाँले मन्त्रिपरिषद पुनर्गठन गर्दा जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् । जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषदमा पठाएको हो । यसअघि नेकपा एकीकृत समाजवादीले पनि मन्त्री हेरफेर गरेको थियो । नयाँ मन्त्रीहरूको सपथ सोमबार नै हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । उनले भने, ‘शपथ ग्रहण साढे चार बजेतिर हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *