अर्थमन्त्रीको बद्मासीको छानविनका लागि समिति बनाउन काँग्रेसमा माग

काठमाडौँ । नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विवादबारे तत्काल छानबिन गर्न माग गर्नुभएको छ । बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय समिति बनाउन उपसभापति खड्काले माग गर्नुभएको हो ।

बजेट निर्माणको बेलाको विषय संसद र संसद बाहिर चासोको रुपमा हेरिएको भन्दै उनले यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाउन गर्नुभएको हो ।

‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ।विगतमा पनि संसदको यस्तो परम्परा छ।बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ,’ खड्काले भन्नुभएको छ । यसअघि कांग्रेसकै महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रीलाई प्रधानमन्त्रीले राजीनामा गराएर छानबिन गर्नु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *