अर्थमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस उपसभापति धनराजको माग
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि संसदीय छानबिन समितिको माग गरेको केही बेरमा अर्का उपसभापति धनराज गुरुङले जनार्दन शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्न माग गर्नुभएको छ ।
ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसमेत तीन प्रक्रिया सुझाउनु भएको छ ।
‘गैर संवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामेरामार्फत निगरानी गरिन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ । जनताले हेर्न पाउनुपर्छ’, गुरुङले लेख्नुभएको छ । कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताइसक्नु भएको छ ।
