छानविन समितिले म माथि हजारौं छानबिन गरोस् भन्दै अर्थमन्त्रीको राजीनामा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको उहाँले घोषणा गर्नुभयो ।
आज संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्नुभएको हो। प्रतिपक्षी दल एमालेले उनको सम्बोधन बहिष्कार गरेको थियो ।
उहाँले राजीनामा दिदैँ आफूले कुनै गल्ती नगरेको बताउनुभयो । ‘मैले तपाईँहरूको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु,’ उहाँले भन्नुभयो, ‘छानबिनले ल्याएको सत्य तथ्यका अगाडि उपस्थित भएर आफ्नो अभियानलाई अगाडि बढाउँदै देश र जनताको पक्षमा लागिरहनेछु । छानविन समितिले म माथि हजारौं छानबिन गरोस् ।’
