माओवादीमा यस्तो छ,परिवारवादको हावी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीमा परिवारवाद हावी भएको छ । अध्यक्ष प्रचण्डले आज पढेको सूचिमा पोलिटव्युरो सदस्यमा प्रस्तावित नामहरुमा केन्द्रीय सदस्यले आपत्ति जनाएका छन् । अध्यक्ष प्रचण्डले पेश गरेको नाम मापदण्डविना आएको भन्दै हलबाट विरोध भएको हो । प्रचण्डले पढेको सूचिमा परिवारवाद हावी भएपछि सदस्यहरुले विरोध गरेका हुन् । विरोधका कारण केहीबेर बैठक अवरुद्ध भयो । पोलिट्व्युरोमा प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी वीना मगर र भाइ नारायण दाहाल पोलिटव्युरो सदस्य बनेका छन् । अर्की छोरी गंगा दाहाल र ज्वाइँ जीवन भने केन्द्रीय सदस्य पहिलोपटक बनेका छन् ।
