बाजुराको बुढीगंगा नगरपालिकामा सानदार जित निकाल्दै एमाले

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर–उपमेयर दुवैमा एमालेले जित्ने निश्चित भएको छ । गणना गर्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि एमालेको जित निश्चित भएको हो ।

पछिल्लो जानकारी अनुसार ८ हजार ६१७ गणना हुँदा मेयरमा एमाले उम्मेदवार रामबहादुर खातीले ४ हजार ५ सय ५५ मत प्राप्त गर्नुभएको छ । कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३ हजार ५ सय ९७ मतका साथ पछ्याइरहनु भएको छ ।

उपमेयरमा मायाकुमारी खड्काले ४ हजार ४ सय ८० मत ल्याउँदा प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रिता शाहीको ३ हजार ६ सय मत प्राप्त गर्नुभएको छ । बुढीगंगामा ९ हजार ११७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *