चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौंमा
काठमाडौं । चारदिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुग्नु भएको छ । आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै उहाँ काठमाडौं आउनु भएको हो ।
नेपाल भ्रमणमा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उहाँले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति र अन्य नेताहरुसँग उहाँले सोमबार भेटवार्ता गर्नुहुने छ ।
