बाजुराको बुढीगंगा नगरपालिकामा १० मध्ये ७ वडासहित नेकपा एमालेले मेयर–उपमेयर दुवै पदमा विजयी

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा १० मध्ये ७ वडासहित नेकपा एमालेले मेयर–उपमेयर दुवै पदमा विजयी हात पारेको छ । नेपाली कांग्रेसले ३ वटा मात्रै वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ६, ९, र १० मा एमाले ४, ७ र ८ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा एमालेकी मायाकुमारी खड्का विजयी हुनुभयो । बानियाँले ४ हजार ७ सय ७७ मत र उपमेयरमा एमालेकी खड्काले ४ हजार ७ सय २७ मत ल्याउनुभयो । मेयरमा १ हजार ३ र उपमेयरमा ९ सय ७२ मतको फरक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *