चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियानचाओ र प्रधानमन्त्री देउवाबिच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले राजनीतिक भेटघाटलाई तिव्र बनाउनु भएको छ । चार दिने भ्रमणका लागि आइतबार नेपाल आउनु भएका जियानचाओले पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ ।
प्रधानमन्त्री देउवा र उहाँबीच प्रधानमन्त्रीको निवास बालुवाटारमाा भेटवार्ता भएको हो । प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता जियानचाओले परराष्ट्रमन्त्री नारयण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ । परराष्ट्रमन्त्री खड्काले जियानचाओको सम्मानमा होटल मेरियटमा रात्रीभोज आयोजना गर्नुभएको छ ।
गत जुनमा सीपीसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका उहाँको पहिलो विदेश भ्रमण हो । जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओलीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँ बुधबार बिहान चीन फर्किने कार्यक्रम छ।
