सीपीसीका विदेश विभाग प्रमुखको नेपाल भ्रमणको आज दोस्रो दिन, यस्तो छ तालिका

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने तालिका छ । चार दिने नेपाल भ्रमणमा रहनु भएका उहाँले भ्रमणको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गर्नुभएको थियो ।

कार्यतालिका अनुसार आज उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अपराह्न चार बजे खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गर्नुहुनेछ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतासँग पनि उहाँको भेटवार्ता गर्ने तालिका छ । कार्यतालिका अनुसार उहाँले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने छ भने बुधबार स्वदेश फर्किने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *