गण्डकीका मुख्यमन्त्रीबाट गल्ती स्वीकार, आफन्तका नाममा खोलिएका प्रतिष्ठानका नाममा विनियोजित बजेट फिर्ता गर्ने

काठमाडौँ । चौतर्फी आलोचनापछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफ्नो गल्ती स्वीकार गर्न बाध्य हुनुभएको छ । उहाँले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट फिर्ता गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले त्यस्ता बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बुझिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा मुख्यमन्त्री पोखरेलको बुवाको नाममा खोलिएको ट्रष्टलाई ५० लाख र शिक्षामन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि एक करोड बजेट छुट्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *