गल्ती ढाकछोप गर्न मुख्यमन्त्रीको लेटरप्याड प्रेस संयोजकबाट दुरुपयोग

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्रीको लेटरप्याड उनका प्रेस संयोजक भरत कोइरालाले दुरुपयोग गर्नुभएको छ । मुख्यमन्त्रीको लेटरप्याडमा आफूले हस्ताक्षर गरेर प्रेस नोट जारी गर्दै उहाँले दुरुपयोग गर्नुभएको हो । मुख्यमन्त्रीको लेटरप्याडमामा निजी सचिवालयको छाप हानिएको छ ।

गण्डकी प्रदेश सरकारको बजेट आफन्तका नाममा ट्रष्ट खोल्ने र कोष स्थापना गर्ने शिर्षकमा मनपरी छुट्याएपछि सर्वत्र आलोचना भएको थियो । आलोचनापछि मुख्यमन्त्रीले यसरी विनियोजन भएका बजेट कार्यान्वयन नगर्न निर्देशन दिएको व्यहोरोको प्रेस नोट जारी गर्न लेटर प्याडको दुरुपयोग भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *