देउवालाई काँग्रेस महामन्त्री विश्वप्रकाशको चेतावनीः ‘प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी छ’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।
ट्वीटरमामा एक सन्देश लेख्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले विधेयक कसरी ल्याइयो भनेर आफूहरू चकित परेको उल्लेख गर्दै ट्वीटरमा प्रधानमन्त्री देउवालाई मेन्सन गर्दै शर्माले गम्भीर जवाफदेहिता जरुरी रहेको बताउनु भएको छ ।

‘ओलीको पालामा गलत भनिएको कुरा देउवाको पालामा सही हुन नसक्ने कुरामा आफूहरू शतप्रतिशत प्रष्ट छौँ,’ उहाँले भन्नुभएको छ, ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *