एमालेले साँचो डिभोर्सका लागि नक्कली बिहे गर्न हतार गर्दैनः एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले चुनावी गठबन्धनका विषयमा हतारमा निर्णय नगर्ने बताउनु भएको छ । सम्पादकहरुसँग अन्तरक्रियामा ओलीले यस्तो बताउनु भएको हो ।

‘एमालेको मुख्य एजेन्डा देशमा सुशासन ल्याउने र लोकतान्त्रिक अभ्यासतिर फर्किने हो,’ उहाँले भन्नुभयो, ‘गठबन्धन बनाएर सत्तामा पुग्नुलाई नै एमालेले सर्वोपरि ठान्दैन ।’ उहाँले आफूले गठबन्धन चलाएर हेरेको पनि बताउनुभयो । ‘गठबन्धनका लागि गठबन्धन बनाउने पक्षमा एमाले छैन,’ उहाँले भन्नुभयो, ‘परिस्थितिमा परिवर्तन मुख्य कुरा हो ।’

उहाँले पटक–पटक विवाह र डिभोर्स हुने प्रवृत्ति समाजमा देखिएको भन्दै यसलाई गठबन्धन निर्माणसँग तुलना गर्नुभयो । ‘किन पटकपटक विवाह र डिभोर्स हुन्छ ? किनकि त्यो विवाह साँचो थिएन । डिभोर्स साँचो थियो । एमालेले साँचो डिभोर्सका लागि नक्कली बिहे गर्न हतार गर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *