एमाले अध्यक्ष ओली भेट्न चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओ बालकोटमा

काठमाडौँ । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ओली निवास बालकोट पुग्नु भएको छ । भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली, डाक्टर अञ्जान शाक्यलगायत सहभागी हुनुहुन्छ । भेटमा उषा किरण भण्डारी, कृशा केसीलगायत पनि सहभागी हुनुहुन्छ ।

आइतबार काठमाडौं आउनु भएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *