राष्ट्रपति गोटावायाका भाईलाई विदेश जानबाट यसरी रोके श्रीलंकाली जनताले
काठमाडौँ । राष्ट्रपति गोटावाया राजपाक्षे तथा पूर्व प्रधानमन्त्री महिन्दा राजापक्षेका भाइ पूर्व अर्थमन्त्री बसेल राजापक्षेलाई प्रदर्शनकारीहरुले विदेश उड्न रोक लगाएका छन् । उहाँ श्रीलंकाबाट दुबई प्रस्थान गर्नका लागि विमानस्थल पुग्नुभएको थियो ।
तर, प्रदर्शनकारीको विरोधका कारण अध्यागमन पार गर्न नसकेर फर्किनु भएको छ । उहाँले देश आर्थिक संकटमा फसेपछि राष्ट्रपति गोटावायाको निर्देशनमा गत अप्रिलमा राजीनामा दिनुभएको थियो । बसेलसँग श्रीलंका र अमेरिकाको दोहोरो नागरिकता रहेको आरोप छ । प्रदर्शनकारीहरुले राजपक्षे परिवारका सदस्यका साथै राजनीतिक दलका उच्च नेताहरुलाई विदेश जानबाट रोक्नका लागि विमानस्थलमा पनि चेकपोष्ट राखेर बसेका छन् ।
एजेन्सीहरुको सहयोगमा
