मिसियोको तेस्रो शोरुमको पूर्वराजदूत र ललितपुरका मेयरबाट उद्घाटन
ललितपुर । नेपालमा अन्तर्राष्ट्रिय प्रतिष्ठित ब्राण्ड मिसियोको तेस्रो शोरुम सञ्चालनमा आएको छ । लितपुरको जावलाखेल उग्रचण्डी मन्दिर नजिकै आज इजरायल र साइप्रसका पूर्व राजदूत डा. अन्जान शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उग्रचण्डी माई संरक्षण समिति (ताम्राकार समाज) का अध्यक्ष बिनोद ताम्राकारले संयुक्तरुपमा शोरुमको उद्घाटन गर्नुभयो । ‘शोरुम सञ्चालनमा आएसँगै राम्रो ब्राण्ड मन पराउने ग्राहकहरु लाभान्वित हुने विश्वास लिएका छौँ,’ सञ्चालक रज्जु रञ्जितकारले भन्नुभयो, ‘यसअघि मिसियोको शोरुम काठमाडौंको नयाँ बानेश्वर र सिभिल मलमा सञ्चालनमा आइसकेका छन् ।’
उहाँले नयाँ शोरुम उद्घाटनको अवसरमा मिसियो ब्राण्डका कपडा खरिदमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । ग्राहकको सुविधालाई मध्यनजर गर्दै मिसियोले समय–समयमा विभिन्न अफरहरु ल्याउँदै आइरहेको पनि उहाँले जानकारी दिनुभयो । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियनको स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ । ‘छोटो समयमा मिसियो ब्राण्ड नेपाली बजारमा लोकप्रिय भएको छ,’ रञ्जितकारले भन्नुभयो,’ ‘हामी हाम्रा ग्राहकको सेवामा समर्पित छौं ।
राम्रो ब्राण्ड खरिद गर्दा ग्राहक खुसी हुने गरेको पाएका छौं ।’ उहाँका अनुसार सबै उमेर समूहका लागि आवश्यक पर्ने कपडाहरु शोरुममा उपलब्ध छन् । फेसनेवल कपडा मन पराउनेहरुको विशेष आकर्षण शोरुममा हुने गरेको पनि रञ्जितकारले जानकारी दिनुभयो ।