‘देश बचाउन एमालेलाई बहुमत’ (११ तस्बिर)
जनकपुर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनकपुरबाट सम्वोधन गर्दै देश बचाउनका लागि मंसिर ४ मा हुने संघीय निर्वाचनमा एमालेलाई बहुमत आवश्यक रहेको बताउनु भएको छ ।
एमाले जिल्ला कमिटीले तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुरमा रहनु भएका ओलीले यस्तो बताउनु भएको हो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेशसभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेशसभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्नुभएका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुनुहुन्छ । त्यसैगरी नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहसहितका पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
सोमबार पार्टी प्रवेश गराउन जनकपुरधाम पुग्नुभएका ओलीले जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशनको पनि उद्घाटन गर्नुभयो । उहाँले त्यहाँ सम्वोधन गर्दै एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताउनु भएको हो ।
उहाँल्े गठबन्धन नेतृत्वको सरकारले पछिल्लो १४ महिनामा देशलाई बर्बादीतिर लगेको पनि आरोप लगाउनुभयो ।