दशैंपछि ह्वात्तै बढ्याे सुनकाे भाउ

काठमाडाैं, २३ असाेज । दशैंपछिको पहिलो कारोबारमा सुन र चाँदी दुबैको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

दशैं अघि छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि प्रति तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको छ । दशैं अघि चाँदी प्रति तोला एक हजार १७० रुपैयाँमा किनबेच भएको थियो ।