निरन्तर ओरालोमै शेयर बजार, कारोबार रकम पनि घट्याे

काठमाडाैं, ३ कार्तिक । शेयर बजार निरन्तर ओरालो लागेको छ। साताकाे चौथो कारोबार दिन पनि नेप्से परिसूचक १.३८ अंक घटेर १८४४.१४ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ६४ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २२१ स्टकको १७ हजार २९६ पटकको कारोबारमा ५० करोड ७६ लाख ८९ हजार रुपैयाँ बराबरको १५ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन २३ रुपैयाँ ५० पैसा बढेर २५९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विशाल बजार कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्तको मूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *