नेप्सेमा ४३ अंकको वृद्धि, कारोबार डेढ अर्ब नाघ्याे
काठमाडाैं, २० कात्तिक । साताको पहिलाे कारोबार दिन नेप्सेमा ४३ अंकको वृद्धि भएकाे छ । यस दिन नेप्से सूचक ४३.२० अंकले बढेर १९६५.३६ अंक पुगेकाे छ ।
४३ अंक माथिले नेप्से बढेको यस दिन कारोबार रकम पनि बढेकाे छ । यसदिन १ अर्ब ५४ करोड ८० लाख रूपैयाँ माथिको ३९ लाख १३ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।
आज मुचुअल फन्ड बाहेकका अन्य सबै उपसमूह धनात्मक भएका छन् । सबैभन्दा बढी आज माइक्रो फाइनान्स समूहको उपसूचक ४.४८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ४.०८ प्रतिशतले, अन्य समूहको उपसूचक ४.०५ प्रतिशतले, म्यानु एण्ड प्रो ३.८१ प्रतिशतले, हाइडोपावर समूहको उपसूचक ३.३५ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन १३ प्रतिशत बोनस शेयरसहित साढे २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको एभरेष्ट बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
यस दिन ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन हाराहारीका कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत माथिले बढेका छन् ।