सुनको मूल्य एकैदिन ६ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं, २ मङ्सिर । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला तीन हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तीन हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *