साताकाे अन्तिम काराेबार २३.५२ अंक घट्यो नेप्से

काठमाडाैं, २४ कात्तिक । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आजकाे काराेबारमा नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेको छ।

बिहीबार बजारमा २२६ स्टकको २२ हजार ३९८ पटकको कारोबारमा १ अर्ब ११ करोड ९४ लाख ६१ हजार रुपैयाँको ३१ लाख १४ हजार कित्ता शेयर काराेबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको कारोबार यस दिन १० करोड २२ लाख रुपैयाँ बराबरको भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिष्टिलरी र रिडी पावरको ३ करोड ३० लाख रुपैयाँभन्दा बढीको शेयर काराेबार भएको छ।

यस दिन २१ स्टकको मूल्य बढेको छ। यद्यपि यी स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा मुनि रहेको छ। यस दिन सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीको सूचीमा मन्दाकिनी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । यस दिन कारोबारमा आएको अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.९१ प्रतिशत घटेको छ।